इस्लामका पाँच आधारहरु

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ- “इस्लाम पाँच कुराहरुमाथि आधारित छ : अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, सलाह पढ्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र हज्ज गर्नु।” (श्रोत- बुखारी : ८, मुस्लिम : १६)

यी पाँच कुराहरु नै इस्लाम धर्मका आधारहरु हुन्। आउँदो अध्यायहरुमा यसको व्याख्या र यसका नियमहरुलाई विस्तारपूर्वक प्रस्तुत गर्नेछौं।

प्रथम अध्याय आस्था र एकेश्वरवादको सन्दर्भमा रहेको छ, जसको शीर्षक 'तपाईको आस्था' रहेको छ।

त्यसपछि सर्वोत्कृष्ट उपासना सलाह (नमाज) को बारेमा वर्णन गर्नेछौं। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सलाह इस्लामको जग हो।” (श्रोत- तिर्मिजी : २७४९) अर्थात सलाह इस्लामको अत्यन्त महत्वपूर्ण आधार हो। सलाह बिना इस्लामको कुनै अर्थ नै छैन।

तर सलाह पढ्नको लागि पवित्र हुनु अनिवार्य छ। त्यसैले तपाईको आस्थापछि तपाईको पवित्रता र तपाईको सलाहका अध्यायहरु प्रस्तुत गर्नेछौं।

इस्लामका आधारहरु- 

1   2
१) अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु। २) सलाह (नमाज) पढ्नु।
3   4   5
३) जकात (दान) दिनु। ४) रमजानको ब्रत (रोजा) बस्नु। ५) हज्ज (तीर्थ यात्रा) गर्नु।