इस्लाम मध्यम धर्म हो

इस्लाम नै स्वर्ण तथा मध्यम धर्म हो। यसमा कमी कमजोरी, अतिवाद वा अतिशयोक्ति केही पनि छैन। इस्लामका यी विशेषताहरु यसका हरेक किसिमका उपासना तथा विधि-विधानहरुमा देखा पर्छन्।

अल्लाहले आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम), उहाँका साथी र सम्पूर्ण आस्थावानहरुलाई मध्यवर्ती धर्म ग्रहण गर्ने निर्देशन दिनु भएको छ। जुन निम्न दुई कुराहरुबाट पूरा हुन सक्छ :

 

१) इस्लाममाथि दृढतापूर्वक अडिग रहनु र अल्लाहका निशानीहरुलाई हृदयदेखि आदर गर्नु।

१) इस्लाममाथि दृढतापूर्वक अडिग रहनु र अल्लाहका निशानीहरुलाई हृदयदेखि आदर गर्नु।

अल्लाहले भन्नु भएको छ… “तिमी र प्रायश्चित गरेका तिम्रा साथीहरु आदेश अनुसार सत्य मार्गमा सुदृढ रहने गर र सीमा उल्लंघन नगर। निश्चय नै तिमीहरूले गर्ने सम्पूर्ण क्रियाकलापहरु उहाँले हेरिरहनु भएको छ।” (श्रोत- सूरह हूद : ११/११२)

अर्थात फेरबदल, सीमा उल्लंघन एवम् हद पार नगरिकन दृढतापूर्वक सत्य मार्गमाथि कायम रह।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना साथीहरुलाई हज्जको एउटा तालिम दिदै अतिवादबाट सचेत गर्नु भयो र अघिका समुदायको बर्बादीको कारण औंल्याउदै भन्नु भएको छ… “हेर, धर्ममा कदापि अतिशयोक्ति गर्नु हुँदैन, किनभने यसले नै तिमीहरु भन्दा अघिका समुदायहरुलाई सर्वनाश गरेको थियो।” (श्रोत- इब्ने माजा : ३०२९)

त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “गर्न सक्ने जति मात्र धर्मकर्म गर्ने आदेश दिनु भयो।” (श्रोत- बुखारी : ११००)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दूतत्वको वास्तविकतालाई प्रष्ट पार्दै भन्नु भएको छ… इस्लामले मानिसलाई उसको शक्ति भन्दा बढी बोझ होइन, बरु शिक्षा, बुद्धि र सहजता प्रदान गर्दछ। उहाँले  भन्नु  भयो… “अल्लाहले मलाई क्रुर र कठोर हृदयी बनाउनु भएको छैन, मलाई त असल शिक्षक तथा सहजकर्ता बनाएर पठाउनु भएको छ।” (श्रोत- मुस्लिम : १४७८)