तपाईंको ब्रत

अल्लाहले मुस्लिमहरूमाथि वर्षमा एक महिनाको ब्रत अनिवार्य गर्नुभएको छ । त्यो रमजानको महिनामा हुन्छ र यो इस्लामको चौथो महत्वपूर्ण आधार हो । अल्लाहले भन्नुभएको छ– “हे आस्थावानहरू हो ! “तिमीहरूमाथि ब्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरू भन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो । यसबाट तिमीहरूमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ ।” (कुरआन : २/१८३)