इस्लाममा तपाईंको आचरण

आचरण इस्लामको महत्वपूर्ण गहना हो । यो कुनै विलासी कुरा वा पुरक होइन, यो त इस्लामको एउटा अभिन्न अङ्ग हो । इस्लाममा आचरणले ठूलो स्थान र उच्च श्रेणी पाएको छ । यो इस्लामको सम्पूर्ण विधि-विधान र सिद्धान्तहरूमा छर्लङ्ग हुन्छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यसै महान कार्यको शिक्षा र असल चरित्र निर्माणको लागि पठाइएको थियो ।