जुवा-तास

जुवा-तास


जुवा-तास भनेको के हो?


कुनै दौड वा खेलकूद प्रतियोगितामा दुई खेलाडी वा दुई प्रतिस्पर्धी वा दुई दर्शक बीच शर्त लगाउनु र जित्ने पक्षले हार्ने पक्षको माल खाई दिन्छ। यसरी प्रत्येक सहभागी अरुको असफलताको लागि तात्पर्य हुन्छ र यो नै जुवा-तास हो।


यसको हुकुम-


जुवा-तास सदाको लागि अवैध छ। कुरआन र हदीसका केही प्रमाणहरू यस प्रकार रहेका छन्-

१

जुवाको नाफा भन्दा नोक्सान बढी छ। अल्लाहले भन्नुभएको छ– “यिनीहरू रक्सी र जुवाको बारेमा सोधिरहेका छन्। भनिदेऊ, “यसमा ठूलो पाप छ र मानिसहरूका लागि केही फाइदा पनि छ, तर यसका पाप फाइदा भन्दा धेरै छ।” (कुरआन : २/२१९)

जुवाले मानिसलाई कुलतमा फसाई दिन्छ।

२

अल्लाहले व्यक्ति र समाजमा पर्न गएको नकारात्मक प्रभावले जुवा तासलाई अपवित्र घोषित गर्नुभएको छ। यसले मित्रतालाई शत्रुतामा परिणत गर्छ, पारस्परिक घृणा र इर्ष्यालाई बढावा दिन्छ, अल्लाहको प्रशंसा र सलाह पढ्नबाट टाढा राख्छ, त्यसैले अल्लाहले यसबाट जोगिन आदेश दिनुभएको छ।

अल्लाहले भन्नुभएको छ– “हे आस्थावानहरू हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरू सफल हुनेछौ। शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरू बीच शत्रु र घृणा उत्पन्न गर्न चाहन्छ र तिमीहरूलाई अल्लाहको स्मरण तथा सलाहबाट रोक्न चाहन्छ। के तिमीहरू यी घृणित कार्यहरूबाट रोक्दैनौ ?” (कुरआन : ५/९०-९१)


जुवाका किसिमहरु


हुन त जुवाका पुराना र नयाँ अनेकौं किसिमहरू छन्, तीमध्ये केही आधुनिक किसिमहरू यस प्रकार रहेका छन्-

१

हरेक किसिमको खेलकूद र प्रतिस्पर्धा जसमा विजेता पक्षले पराजित पक्षको पैसा खाई दिने शर्त राख्छ, जस्तै- एक समूहले खेल खेल्छ र सबैले क्याशिनोका कागजमाथि केही नगदी राख्छ र विजेताले सम्पूर्ण रकम खाई दिन्छ।

२

खेलाडी टोली वा कुनै एउटा खेलाडीमाथि सट्टा वा बाजी लगाउनु र जसको टोलीले विजय प्राप्त गर्छ, उसले पराजित पक्षको माल खाई दिन्छ ।

३

चिट्ठा, जस्तै- एक डलरको रसिद किनेर एक हजारको चिट्ठा कार्यक्रममा सामेल हुनु। यसमा चिट्ठा पर्न पनि सक्छ र नपर्न पनि।

४

आधुनिक, गैर-आधुनिक, इन्टरनेटमा खेलिने वा तासमा खेल्ने जुवाका सम्पूर्ण किसिमहरू जसमा हार र जीत दुवै सम्भव हुन्छ।

आधुनिक, गैर-आधुनिक, इन्टरनेटमा खेलिने वा तासमा खेल्ने जुवाका सम्पूर्ण किसिमहरू महापाप हुन्।