थलचर जनावरहरु

थलचर जनावरहरु


  • पानी बाहिर रहेका जनावरलाई खानको लागि दुईवटा शर्तहरू हुनु आवश्यक छन्–
    • १

      वैध जनवार हुनुपर्छ।

    • २

      त्यसको शिकार वा जबह इस्लामी तरिकाले गरेको हुनुपर्छ ।


वैध जनावरहरू के के हुन् ?


वास्तवमा सबै जनावरहरु वैध (हलाल) छन्, कुरआन र हदीसबाट अवैध प्रमाणित नहुन्जेल सम्पूर्ण जनावरहरु वैध (हलाल) र खान योग्य छन्।


अवैध जनावरहरु निम्न प्रकारका छन्-

१

सुँगुर - यो जनावर र यसका सबै अङ्गहरू तथा यसबाट तयार पारिएका सबै वस्तुहरू अवैध र अपवित्र छन्। अल्लाहले भन्नुभएको छ– “मृत जनावर, रगत र सुँगुरको मासु तिमीहरूका लागि अवैध गरिएको छ।” (कुरआन : ५/३)

अल्लाहले अर्को श्लोकमा भन्नुभएको छ- “सँगुरको मासु अपवित्र छ।” (कुरआन : ६/१४५)

२

तिखा दाँत भएका जङ्गली जनावरहरु- अर्थात मासु खाने सबै जनावरहरू, ठूलो होस्, जस्तै- बाघ, चितुवा वा सानो, जस्तै– बिरालो र कुकुर आदिको मासु आदि पनि खान अवैध छ ।

३

पन्जाले शिकार गर्ने चराचुरुङ्गीहरु- मासु खाने सबै चराहरू, जस्तै- बाज, गिद्ध, उल्लु आदि पनि खान अवैध छ।

४

कीरा फट्यांग्राहरु- थलचरमा रहेका सम्पूर्ण कीरा फट्यांग्राहरूलाई खानु हुँदैन, किनभने त्यसलाई जबह गर्न सकिन्न। तर तिद्री यसबाट अलग छ, यसलाई खान सकिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “हाम्रो लागि दुईवटा मृत कुराहरू वैध (हलाल) गरिएका छन्, माछा र तिद्री।” (इब्ने माजा : ३०१८)

५

सर्प, अजिङ्गर र मुसाहरु- यी जीवहरूलाई खानु अवैध छ, बरु यसलाई मार्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “पाँचवटा खतरनाक जनावरहरू छन्, जसलाई हर (मक्का-मदीनाको निषेधित क्षेत्र) भित्र र बाहिर जुनसुकै ठाउँमा मार्न सकिन्छ ; ती सर्प, कालो काग, मुसा, बौलाहा कुकुर र गिद्ध छन् ।” (बुखारी : ३१३६, मुस्लिम : ११९८)

६

पाल्तु गधा- जसलाई मानिसहरू गाउँघरमा चढ्ने र मालसामान ओसारपसार गर्नमा प्रयोग गर्छन् ।

इस्लामले वैध गरेका सम्पूर्ण जनावरहरुलाई जबह गरिसकेपछि खानु जायज छ।


वैध जनावरका प्रकारहरु-


अल्लाहले जुन जनावरहरूलाई वैध (हलाल) गर्नुभएको छ, ती दुई प्रकारका छन्-


  • जङ्गली जनावरहरू– वनजङ्गलमा रहने जनावरहरू, जसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसलाई इस्लामी तरिकाले शिकार गरेपछि खान जायज हुन्छ ।

  • घरपालुवा जनावरहरू– जसलाई समात्न सजिलो हुन्छ भने त्यसलाई इस्लामी तरिकाले जबह नगरुन्जेल खानु हुँदैन ।

अहिले-किताबले वैधानिक तरिकाले जबह गरेको मास हाम्रो लागि वैध (हलाल) छ।


वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)-


इस्लामी विधि अनुसार जबह वा नहर गर्नु हो।


जबह गर्ने इस्लामी शर्तहरू-

१

जबह गर्ने व्यक्ति मुस्लिम वा अहले-किताब (यहूदी वा ईसाइ) हुनुपर्दछ।

२

जबह गर्ने हतियार धारिलो हुनुपर्छ, जसले जबह गर्दा रगत निस्कियोस्, जस्तै– छुरी। जनावरलाई थिचेर वा जनावरको टाउकोमा हानेर वा बिजुलीको करेन्ट लगाएर मार्नु अवैध छ।

३

जबह गर्ने (रेट्ने) बेला बिस्मिल्लाह भन्नुपर्छ।

४

जबह गर्ने बेला घाँटीका ठूला नसाहरूलाई काट्नुपर्छ, खाने नली, हावाको नली, दुवै धमनीहरू इत्यादि।


उपर्युक्त शर्तहरूलाई ध्यानमा राखेर जबह गर्यो भने जनावर वैध (हलाल) हुन्छ, नत्र जनावर हलाल हुँदैन।


होटल र पसलहरूमा पाइने मासुको आदेश-


१

हिन्दू, बौद्ध तथा नास्तिक (गैर-मुस्लिम) ले जबह गरेको मासु अवैध छ, खानु हुँदैन। त्यसैगरी जुन मुलुकहरूमा गैर-मुस्लिमहरूको बाहुल्यता छ, त्यहाँका होटल र मासु पसलहरूमा राखिएको मासु पनि खानु हुँदैन ।

२

मुस्लिम वा अहले- किताबले वैधानिक तरिकाले जबह गरेको छ भने त्यो खानु वैध (हलाल) छ र यसमा सबैको सर्वसम्मति छ ।

३

मुस्लिम वा अहले- किताबले अवैधानिक तरिकाले जबह गरेको छ, जस्तै- बिजुलीको करेन्ट वा पानीमा मारेको छ भने त्यो पूर्ण रुपमा अवैध छ, खानु हुँदैन ।

४

अहले- किताबले जबह गरेको मासु वा उनीहरूको होटलमा पाइने मासु छ भने बिस्मिल्लाह भनेर खान सकिन्छ, तर शंका निवारणको लागि मुस्लिमको वा वैध (हलाल) मासु भएको होटल खोज्नु नै बेस हुन्छ ।