केही मुस्लिमको कर्तुतलाई होइन, इस्लामको वास्तविकतालाई बुझ्नु पर्छ

यदि तपाईले कुनै चिकित्सकलाई स्वास्थ्य विपरित कार्यमा संलग्न रहेको वा कुनै शिक्षकलाई क्रुर व्यवहार गर्दै गरेको पाउनु हुन्छ, जो तपाईको विचारमा उनीहरुको ज्ञान र जानकारी विपारीत छ, तै पनि तपाईले मानवको लागि औषधी उपचार वा असल समाजको लागि शिक्षाको महत्वबारे आफ्नो रायलाई कहिल्यै पनि परिवर्तन गर्नु हुन्न।

उक्त चिकित्सक वा शिक्षक आ-आफ्नो दक्षता र पेशाको लागि एउटा खराब नमुनाहरु मात्र हुन्।

त्यसैगरी यदि केही तथाकथित मुस्लिमद्वारा इस्लाम विपरित कुनै नराम्रो काम गरेको पाइन्छ भने त्यसलाई इस्लामको असल वास्तविकता भन्न सकिन्न। बरु यो उसको आफ्नो ब्यक्तिगत कमजोरी, असभ्यता र नराम्रो बानी हो जसको इस्लामसँग कुनै सम्बन्ध छैन।