तपाईंको हज्ज

मक्का गएर हज्ज गर्नु इस्लामको पाँचौं आधार हो । शारीरिक, आध्यात्मिक र धन-मालले गर्नु पर्ने उपासनाको यो स्वर्ण ॠतु हो । आर्थिक र शारीरिक रुपमा सामर्थ्य व्यक्तिले जीवनमा एक पटक अनिवार्य रुपमा हज्ज गर्नुपर्छ ।
अल्लाहले भन्नुभएको छ– “जुन मानिससँग अल्लाहको घरसम्म पुग्ने क्षमता छ, उसले हज्ज गर्नु अनिवार्य छ र जसले अवज्ञा गर्छ, जानि राख अल्लाह संसारबासीसित निर्लोभ हुन् ।” (कुरआन : ३/९७)