म कसरी सलाह पढुँ?(कियाम, रुकू, सज्दा)
-
१- कियाम- सलाहको लागि उभिनु र अल्लाहु अकबर भन्नु। दुवै हत्केलालाई किब्लातिर फर्काएर आफ्नो काँध वा अलि माथिसम्म उठाउनु।
-
२- दायाँ हातलाई बायाँ हातमाथि राखेर छातीमा बाँध्नु र सूरह फातिहा पढ्नु। पहिलो र दोस्रो रकात (चोटि) मा सूरह फातिहापछि अन्य सूरह पढ्नु।
-
३- रुकू- अल्लाहु-अकबर भन्दै रुकूको लागि किब्लाको दिशामा झुक्नु। दुवै हातलाई दुवै घुँडामाथि राख्नु र 'सुब्हान रब्बियल्-अजीम' तीन चोटि भन्नु।
-
४- रुकूपछि दुवै हात माथि उठाउँदै सिधा उभिनु। इमाम र मुन्फरिदले 'समिअल्लाहु लिमन् हमिदह' र फेरी सबैले 'रब्बना व लकल्-हम्द' भन्नु।
-
५- सज्दा (ढोग)- अल्लाहु-अक्बर भन्दै सज्दा (ढोग) गर्नु। सज्दा सात अङ्गहरु… निधार नाकसहित, दुवै हात, दुवै घुँडा, दुवै खुट्टा भुईमा टेकेर गर्नु र 'सुब्हान रब्बियल्-आ'ला' तीन चोटि भन्नु।
-
६- दुवै सज्दाहरुको बीचमा दायाँ खुट्टा सीधा ठाडो राख्नु र बायाँ खुट्टालाई ओछ्याएर त्यसमाथि बस्नु। दुवै हत्केलाहरु तिघ्राको अगाडि भागमा राख्नु र (रब्बिग् फिरली) तीन चोटि पढ्नु। फेरी पहिलो सज्दा जस्तै दोस्रो सज्दा गर्नु।
-
७- अल्लाहु-अक्बर भन्दै दोस्रो रकातको लागि उभिनु र पहिलो रकातमा गरेको कियाम, कुरआनको पाठ, रुकू, रुकूपछि उभिनु र सज्दा जस्तै दोस्रो रकातमा पनि गर्नु।
-
८- दोस्रो रकातको दोस्रो सज्दापछि प्रथम तशह्हुदको लागि दुवै सज्दाहरुको बीचमा बसे झैं बस्नु र अत्तहीयात… ‘अत्तहीयातु लिल्लाहि वस्सलवातु वत्तइयेबातु अस्सलामु अलैक अय्योहन्नबीयो वरहमतुल्लाहि व बरकातुहु अस्सलामु अलैना वअला एबादिल्ला हिस्सालेहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह’ पढ्नु।
-
९- यदि तीन वा चार रकातको सलाह छ भने तेस्रो रकातको लागि उभिनु र बाँकी रकातलाई पहिलो र दोस्रो रकातमा गरे झैं पूरा गर्नु। तर तेस्रो र चौथो रकातमा सूरह फातिहापछि अन्य सूरह पढ्नु पर्दैन।
-
१०- अन्तिम रकातमा सज्दापछि बस्नु। पहिले अत्तहीयात र त्यसपछि ‘दरुद-शरीफ’… ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद।अल्लाहुम्म बारिक अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद’ पढ्नु।
-
११- त्यसपछि पहिले दायाँ फेरी बायाँतिर गर्धन घुमाउदै ‘अस्सलामु अलैकुम व रहमतुल्लाह’ भन्नु।