तपाईंको पोशाक

पोशाक मानिसहरूका लागि अल्लाहका वरदानहरूमध्ये एउटा वरदान हो । अल्लाहले भन्नुभएको छ– “हे आदमका सन्तान हो !, हामीले तिमीहरूका लागि पोशाक अवतरण गरेका छौं । जसले तिमीहरू आफ्ना अङ्गहरूलाई छोप्छौ र चिटिक्क पर्छौ । सुन, तक्वा (ईश्-भय) को पोशाक नै अति उत्तम पहिरन हो । यो अल्लाहको एउटा निशानी हो, ताकि उनीहरू शिक्षा ग्रहण गरुन् ।” (कुरआन : ७/२६)