इस्लाम विश्वव्यापी धर्म हो

इस्लाम हरेक जात, बर्ग, गोरो, कालो, विभिन्न संस्कार, परम्परा बोकेका समुदाय र देश विदेशको लागि दया, माया, करुणा र मार्गदर्शन बनेर आएको छ। अल्लाहले भन्नु भएको छ- “हे सन्देष्टा, हामीले तिमीलाई सम्पूर्ण संसारबासीका लागि दया र करुणा बनाएर पठाएका छौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/१०७)

इस्लामले हरेक समुदायको संस्कार र परम्परालाई सम्मान गर्दछ। नयाँ मुस्लिमले मानिरहेका संस्कार यदि इस्लाको विपरित छैन भने त्यसलाई त्याग्न वा परिवर्तन गर्न आवश्यक छैन। तर जुन बेला यो संस्कार इस्लामि नीति नियमसँग बाझिन्छ, त्यस बेला परिवर्तन गर्नु अनिवार्य छ, किनकि इस्लामका सम्पूर्ण नीति नियमहरु सर्वज्ञाता अल्लाहद्वारा नै पारित गरिएका हुन्। उहाँको पूर्ण अनुसरण नै उहाँमाथि आस्थाको अभिलाषा हो।

स्मरण रहोस् ! इस्लामसित सम्बन्धित नरहेका कुनै पनि मुस्लिमको संस्कार, परम्परा र बानीलाई अर्को मुस्लिमले अनुसरण गर्नु आवश्यक छैन, किनकि यो त मात्र मानिसहरुको एउटा वैध परम्परा र संस्कार हो।

हरेक ठाउँमा अल्लाहको उपासना गर्न सकिन्छ-

इस्लामले सम्पूर्ण भूमिलाई बस्न र अल्लाहको उपासना गर्न योग्य ठान्दछ। बसोबासको लागि कुनै देश र ठाउँको हदबन्दी गरिएको छैन, यदि स्वतन्त्रताका साथ अल्लाहको उपासना गर्न पाउँछ भने विश्वको जुनसुकै ठाउँमा बसोबास गर्न सकिन्छ।

कुनै पनि नयाँ मुस्लिमले बसाई सराई वा कतै हिजरत (प्रवास) गर्नु पर्दैन जबसम्म उसलाई अल्लाहको ईबादत गर्नमा प्रतिबन्ध नलगाइयोस्। अल्लाहले भन्नु भएको छ… “हे मेरा आस्थावान भक्तहरू हो ! मेरो धरती धेरै फराकिलो र विशाल छ, केवल मेरो उपासना गर।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/५६)