म इस्लामका विधि-विधानहरु कसरी सिकुँ?

एउटा बिरामी उपचारको लागि दक्ष र योग्य चिकित्सकको खोजीमा कहाँ-कहाँ भौतारिन्छ ! डाक्टरले दिएको ओखती नबिराइकन खाएर जसरी भए पनि आफ्नो ज्यानलाई जोगाउने प्रयत्नरत हुन्छ, किनकि उसको ज्यान उसको लागि बहुमूल्य र प्यारो हुन्छ।

मानिसको धर्म उसको लागि अमूल्य वरदान हो। त्यसैले आफूले नजानेका कुराहरुलाई विज्ञ, जानकार र दक्ष धर्मविद्हरूसँग सिक्न सक्दो प्रयास गर्नु पर्दछ।

यो किताबको अध्ययन तपाईको लागि असल ज्ञान सिक्ने पहिलो खुड्किलो हुनेछ। अल्लाहले भन्नु भएको छ… “आफूले नजानेका कुराहरु धर्मविद्हरूसँग सोध।” (श्रोत- सूरह अन्नहल : १६/४३) त्यस्तै कुनै समस्या आइपरेमा नजिकका इस्लामि संघ-संस्था तथा मस्जिदहरुमा गएर इस्लामको ज्ञान प्राप्त गर्न सक्नु हुन्छ। निम्न लिखित वेबसाइटबाट त्यसको ठेगाना र फोन नम्बर प्राप्त गर्न सकिन्छ।

त्यस्तै इस्लामको सत्य-तथ्य बताउने भरपर्दो वेबसाइटहरु लग इन् गर्न सकिन्छ, जस्तै…

newmuslimguide.com

www.guide-muslim.com