इस्लामले जीवनका सम्पूर्ण पक्षहरुलाई समेटेको छ

इस्लाम केवल आध्यात्मिक आवश्यकता होइन, जसलाई मुस्लिमहरू मस्जिदमा सलाह पढेर र दुआ गरेर प्राप्त गर्दछन्-

न त मात्र विचारधारा र आस्था हो, जसलाई मुस्लिमहरू अनुसरण गर्दछन्-

त्यस्तै न त पूर्ण आर्थिक व्यवस्था हो-

सामाजिक ऐन तथा सिद्धान्त बनाउने केही कायदा मात्र होइन-

त्यस्तै न त व्यवहारमा ल्याउने कुनै नैतिकता र आदर्शको कुरा हो-

बरु यो एउटा सम्पूर्ण जीवन व्यवस्था हो, जसले जीवनसँग सम्बन्धित सम्पूर्ण महत्वपूर्ण र विश्वव्यापी पक्षहरुलाई समेटेको छ।  

अल्लाहले मुस्लिमहरुका लागि यो वरदानलाई पूर्ण गरेर ठूलो गुण लगाउनु भएको छ। अल्लाहले भन्नु भएको छ… “आज मैले तिमीहरूकै निम्ति तिमीहरूको धर्म र आफ्नो वरदानलाई पूर्ण गरेँ र तिमीहरूका लागि इस्लाम धर्मलाई रोजि सकें।” (श्रोत- सूरह अल्-माइदा : ५/३)

जब एउटा मुश्रिक (बहुदेववादी) ले इस्लामको अपमान गर्दै र खिल्ली उडाउँदै वरिष्ठ सहाबी 'सलमान फारसी' लाई सोध्यो… “के तिम्रो साथीले तिमीहरुलाई सबै कुरा सिकाउनु हुन्छ ? यहाँसम्म कि दिसा-पिसाबको तरिका पनि ? जवाफमा उहाँले भन्नु भयो… “हो, उहाँले दिसा-पिसाबको तरिकासम्म पनि हामीलाई सिकाउनु हुन्छ। त्यसपछि उहाँले उक्त व्यक्तिलाई शौचालय सम्बन्धी इस्लामको सिद्धान्त बताउनु भयो।” (श्रोत- मुस्लिम : २६२)

इस्लाम एउटा सम्पूर्ण जीवन व्यवस्था हो।यसले जीवनका सम्पूर्ण पक्षहरुलाई समेटेको छ।   .