तपाईंको दान

दान (जकात) इस्लामको तेस्रो आधार हो । अल्लाहले यसलाई अनिवार्य गर्नुभएको छ । दान नदिनेहरूका लागि दण्डनीय सजायको धम्की दिनुभएको छ । इस्लामी भाइचाराको लागि प्रायश्चित र सलाहको साथमा दानलाई पनि अनिवार्य गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ– “यदि तिनीहरू तौबा (प्रायश्चित) गर्छन्, सलाह कायम गर्छन् र दान दिन्छन् भने तिम्रा धार्मिक भाइ-बन्धु हुन् ।” (कुरआन : ९/११)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “इस्लाम पाँच कुराहरूमाथि आधारित छ, त्यसमध्ये सलाह कायम गर्नु र दान दिनु हो ।” (बुखारी : ८, मुस्लिम : १६)