धोका र अज्ञानता
धोका र अज्ञानताको अभिप्राय- यी यस्ता कारोबार र मालसामानहरु हुन् जसको बारेमा केही जानकारी छैन वा शंकास्पद वस्तुहरु हुन् जसले गर्दा क्रेता-बिक्रेता दुवैमा विवाद उत्पन्न हुन सक्छ वा कसैमाथि अन्यय हुन सक्छ।
इस्लामले यस्तो कारोबारलाई अवैध गरेको छ, यद्यपि दुवै पक्षको राजी खुशीले किन नहोस्। किनभने यसमा अन्याय र धोका छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अज्ञात र शंकास्पद वस्तुहरुको कारोबारलाई अवैध गर्नु भएको छ।” (श्रोत- मुस्लिम : १५१३)
धोका र अज्ञानताका उदाहरणहरु-
- १- फल पाक्नु र टिप्नु भन्दा पहिले किनबेच गर्नु, किनभने पाक्नु भन्दा अगाडि बिग्रन सक्छ त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अवैध गर्नु भएको छ।
- २- बाकस भित्र बन्द रहेको सामग्रीलाई किनबेच गर्नु, किनकि त्यस भित्र अमूल्य, सामान्य वा खराब वस्तु जे पनि हुन सक्छ, जस्तै… हातमा नरहेको कुरा बेच्नु इत्यादि।
अज्ञानताले कुन अवस्थामा प्रभाव पार्छ?
धोका र अज्ञानता असल करारमा बढी मात्रामा छ भने त्यो कारोबार अवैध छ, तर मूल कुरामा छैन भने केही असर पर्दैन।
जस्तै… एउटा मुस्लिमले घर किन्छ, तर उसलाई घरमा प्रयोग गरिएका सिमेन्ट र सर-सामानको बारेमा केही जानकारी छैन भने यसले केही असर पार्दैन, किनकि मूल र असल कारोबारमा कुनै शंका छैन।
अन्याय र गलत तरिकाले अर्काको माल खानु
अन्याय र अत्याचार अति घृणित कार्य हो त्यसैले इस्लामले यसलाई अवैध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अन्याय नगर, यसको ठूलो परिणाम कयामतको दिन चुकाउनु पर्नेछ।” (श्रोत- बुखारी : २३१५, मुस्लिम : २५७९) गलत तरिकाले कसैको धन-सम्पत्ति कब्जा गर्नु ठूलो पाप हो र यस्ता व्यक्तिहरुले ठूलो सजायको भागेदार बन्नु पर्नेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि कसैले कसैको एक बित्ता जग्गा मिचेर अन्याय गर्यो भने कयामतको दिन उसको गर्धनमा धरतीका सात तह बराबर जमीन झुण्डाइनेछ।” (श्रोत- बुखारी : २३२१, मुस्लिम : १६१०)
कारोबारमा अन्यायका उदाहरणहरु-
- १- बाध्य तुल्याउनु- कारोबारमा कुनै किसिमको जबरजस्ती जायज छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कारोबार आपसी राजीखुशीले हुन्छ।” (श्रोत- इब्ने माजा : २१८५)
-
२- धोका र विश्वासघात- मानिसलाई धोका दिएर गलत तरिकाले पैसा कमाउनु अवैध छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले हामीलाई धोका दियो, ऊ हामीबाट विमुख भयो।” (श्रोत- मुस्लिम : १०१) एक दिन रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बजारतिर जानु भयो। त्यहाँ अनाजको ठूलो थुप्रो थियो। उहाँले आफ्नो हात त्यसभित्र हाल्नु भयो, त्यसमा भिजेको अनाज पाउनु भयो र व्यापारीलाई सम्बोधन गर्दै भन्नु भयो… “यो के हो ?” उसले जवाफ दियो… रति पानी परेकोले अलि भिजेको छ। उहाँले भन्नु भयो… “ग्राहकले देख्ने गरी किन अनाजमाथि राखेनौ ?” अनि भन्नु भयो… “जसले हामीलाई धोका दियो, ऊ हामीबाट विमुख भयो।” (श्रोत- तिर्मिजी : १३१५)
- कानूनसँग खेलवाड गर्नु- मानिसको माल खानलाई आफ्नो चलाखीले कानूनको सहारा लिनु र न्यायाधीशको आँखामा छारो हालेर आफ्नो पक्षमा निर्णय गराउनु, तर न्यायाधीशको फैसलाले सत्यलाई असत्य पार्न सक्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म एउटा मानिस हुँ, तिमीहरु आफ्नो झगडा लिएर आउँछौ। कोही एकदम चतुर हुन्छ, यदि मैले उसको कुरा सुनेर गलत निर्णय गरेँ भने उसको लागि त्यो धन-सम्पत्ति कहिल्यै वैध हुँदैन, किनकि मैले उसको लागि आगोको टुक्रा निर्णय गरेको छु।” (श्रोत- बुखारी : ६७४८, मुस्लिम : १७१३)
- - घूस लिनु-दिनु– व्यक्तिगत स्वार्थ वा आफ्नो पक्षमा गलत निर्णय गराउनको लागि अनुचित रुपले दिइने धन वा रकमलाई घूस भनिन्छ। यो सबैभन्दा घृणित कार्य र महापाप हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले घूस लिने-दिने दुवै पक्षहरुलाई धिक्कार्नु भएको छ। (श्रोत- तिर्मिजी : १३३७)
जुनसुकै समुदायमा घूसखोरी बढ्छ, त्यसको मुलुकी व्यवस्था छियाँ-छियाँ हुन्छ तथा त्यस समुदायको विकास, समृद्धि र उन्नति कहिल्यै पनि सम्भव हुँदैन।
इस्लाम पूर्व कसैको माल हडपेको छ भने उसले के गर्नु पर्छ?
यदि कसैले इस्लाम ल्याउनु पूर्व कसैको माल हडपेको छ र हकदार व्यक्तिलाई चिन्दछ र फिर्ता गर्दा जीउज्यानको खतरा छैन भने त्यो माल फिर्ता गर्नु पर्छ।
किनभने इस्लामले अन्यायलाई हरेक अवस्थामा अवैध गरेको छ र नासोलाई उसको मालिकसम्म पुर्याउने आदेश दिएको छ। त्यसैले त्यसलाई फर्काउनु अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले तिमीहरुलाई 'अमानत' (नासोहरु) तिनका हकदारलाई सुम्पिने आदेश दिनु भएको छ।” (श्रोत- सूरह अन्-निसा : ४/५८)
यदि हकदारको ठेगाना थाहा छैन भने त्यसलाई कुनै समाज कल्याण कोषमा खर्च गर्नु पर्छ।
जुवा-तास
जुवा-तास भनेको के हो?
कुनै दौड वा खेलकूद प्रतियोगितामा दुई खेलाडी वा दुई प्रतिस्पर्धी वा दुई दर्शक बीच शर्त लगाउनु र जित्ने पक्षले हार्ने पक्षको माल खाई दिन्छ। यसरी प्रत्येक सहभागी अरुको असफलताको लागि तात्पर्य हुन्छ र यो नै जुवा-तास हो।
यसको हुकुम-
जुवा-तास सदाको लागि अवैध छ। कुरआन र हदीसका केही प्रमाणहरु यस प्रकार छन्…
- १- जुवाको नाफा भन्दा नोक्सान बढी छ। अल्लाहले भन्नु भएको छ… “यिनीहरु रक्सी र जुवाको बारेमा सोधिरहेका छन्। भनिदेऊ, “यसमा ठूलो पाप छ र मानिसहरुका लागि केही फाइदा पनि छ, तर यसका पाप फाइदा भन्दा धेरै छ।” (श्रोत- सूरह अल्-बकरह : २/२१९)
- २- अल्लाहले व्यक्ति र समाजमा पर्न गएको नकारात्मक प्रभावले जुवा-तासलाई अपवित्र घोषित गर्नु भएको छ। यसले मित्रतालाई शत्रुतामा परिणत गर्छ, पारस्परिक घृणा र इर्ष्यालाई बढावा दिन्छ, अल्लाहको प्रशंसा र सलाह पढ्नबाट टाढा राख्छ, त्यसैले अल्लाहले यसबाट जोगिन आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरु सफल हुनेछौ। शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरु बीच शत्रुता र घृणा उत्पन्न गर्न चाहन्छ र तिमीहरुलाई अल्लाहको स्मरण तथा सलाहबाट रोक्न चाहन्छ। के तिमीहरु यी घृणित कार्यहरूबाट रोक्दैनौ ? " (श्रोत- (सूरह अल्-माइदा : ५/९०-९१)
व्यक्ति र समाजमाथि पर्न गएका जुवा-तासका नराम्रा परिणामहरु–
जुवा-तासले व्यक्ति र समाजमाथि निकै नराम्रा प्रभावहरु परेको छ, तीमध्ये केही यस प्रकार छन्…
- १- यसले मानिसहरु बीच शत्रुता र इर्ष्या उत्पन्न गर्छ। खेलाडीहरुलाई नै हेरौं, यिनीहरु इष्ट-मित्र हुन्, तर जुन बेला कोही सफल हुन्छ र माल समेट्छ त्यस बेला अरु रिसाउँछ र उसको मनमा एक प्रकारको इर्ष्या र प्रतिकारको भावना सृजना हुन्छ र विजेता पक्षलाई नोक्सान पुर्याउनको लागि आफ्नै साथीभाइको विरुद्धमा षड्यन्त्र रच्न थाल्छ। यो वास्तविक कुरा हो जसलाई सबैले जानेका छन् र अल्लाहको भनाईको तात्पर्य पनि यही हो। अल्लाहले भन्नु भएको छ… “शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरु बीच शत्रुता र घृणा उत्पन्न गर्न चाहन्छ।" त्यसैगरी यसले अल्लाहको स्मरण र सलाहबाट रोक्न चाहन्छ। अल्लाहले भन्नु भएको छ… "यसले अनिवार्य सलाह र अल्लाहको स्मरणबाट टाढा राख्न चाहन्छ।" (श्रोत- (सूरह अल्-माइदा : ५/९०-९१)
- २- जुवाले मानिसको धन-सम्पत्तिलाई नष्ट पार्छ र ठूलो छति पुर्याउँछ।
- ३- जुवाले मानिसलाई कुलतमा फसाई दिन्छ। यदि जित्यो र पैसा पायो भने अझै खेल्न उत्सुक हुन्छ। हार्यो भने अर्को बाजी म नै जित्छु होला कि भनेर अझ पैसा थप्छ र खेललाई निरन्तरता दिन्छ। मानिसको समय र माल दुवै बर्बाद हुन्छ र यसरी समाज पनि बर्बादीको दिशातिर लाग्छ।
जुवाका किसिमहरु
हुनत जुवाका पुराना र नयाँ अनेकौं किसिमहरु छन्, तीमध्ये केही आधुनिक किसिमहरु यस प्रकार छन्…
- १- हरेक किसिमको खेलकूद र प्रतिस्पर्धा जसमा विजेता पक्षले पराजित पक्षको पैसा खाई दिने शर्त राख्छ, जस्तै… एक समूहले खेल खेल्छ र सबैले क्याशिनोका कागजमाथि केही नगदी राख्छ र विजेताले सम्पूर्ण रकम खाई दिन्छ।
- २- खेलाडी टोली वा कुनै एउटा खेलाडीमाथि सट्टा वा बाजी लगाउनु र जसको टोलीले विजय प्राप्त गर्छ, उसले पराजित पक्षको माल खाई दिन्छ।
- ३- चिट्ठा, जस्तै… एक डलरको रसिद किनेर एक हजारको चिट्ठा कार्यक्रममा सामेल हुनु । यसमा चिट्ठा पर्न पनि सक्छ र नपर्न पनि।
- ४- आधुनिक, गैर-आधुनिक, इन्टरनेटमा खेलिने वा तासमा खेल्ने जुवाका सम्पूर्ण किसिमहरू जसमा हार र जीत दुवै सम्भव हुन्छ।