समुद्री खानेकुराहरु

पानीमा रहने र पानी बाहिर धेरै बेर बस्न नसक्ने जलचरहरुलाई समुद्री खानेकुराहरु भनिन्छ।

समुद्र भनेको धेरै पानी भएको ठाउँ हो। यसले खोला, नदी र सागरहरु सबैलाई समेटेको छ।

समुद्रमा भेटिएका सम्पूर्ण खानेकुराहरु, जस्तै… जनावर, वनस्पति, शिकार गरिएको वा मृत फेला परेको स्वास्थ्यको लागि हानिकारक छैन भने खान जायज छ।

अल्लाहले भन्नु भएको छ… “तिमीहरुका लागि समुद्रका शिकार र खानेकुराहरु वैध गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/९६)

समुद्रबाट जीवित समातिएकालाई शिकार र मृत फेला परेकालाई खानेकुरा भनिएको छ।

थलचर जनावरहरु

पानी बाहिर रहेका जनावरहरुलाई खानको लागि दुईवटा शर्तहरु हुनु आवश्यक छन्…

१- वैध जनवार हुनुपर्छ।

२- त्यसको शिकार वा जबह इस्लामि तरिकाले हुनुपर्छ।

वैध जनावरहरू के के हुन्?

वास्तवमा सबै जनावरहरु वैध (हलाल) छन्, कुरआन र हदीसबाट अवैध प्रमाणित नहुन्जेल सम्पूर्ण जनावरहरु वैध (हलाल) र खान योग्य छन्।

अवैध जनावरहरु निम्न प्रकारका छन्-

अवैध जनावरहरु निम्न प्रकारका छन्-

  1.  सुँगुर- यो जनावर र यसका सबै अङ्गहरु तथा यसबाट तयार पारिएका सबै वस्तुहरु अवैध र अपवित्र छन्। अल्लाहले भन्नु भएको छ… “मृत, रगत र सुँगुरको मासु तिमीहरुका लागि अवैध गरिएको छ।” (श्रोत- सूरह अल्-माइदा : ५/३) अल्लाहले अर्को श्लोकमा भन्नु भएको छ… “सुँगुरको मासु अपवित्र छ।” (श्रोत- सूरह अल्-अन्आम : ६/१४५)
  2. २) तिखा दाँत भएका जङ्गली जनावरहरु- अर्थात मासु खाने सबै जनावरहरु, ठूलो होस्, जस्तै… बाघ, चितुवा वा सानो, जस्तै… बिरालो र कुकुर।
  3. ३) पन्जाले शिकार गर्ने चराचुरुङ्गीहरु- मासु खाने सबै चराहरु, जस्तै– बाज, गिद्ध, उल्लु आदि।
  4. ४) कीरा फट्यांग्राहरु- थलचरमा रहेका सम्पूर्ण कीरा फट्यांग्राहरुलाई खानु हुँदैन, किनभने त्यसलाई जबह गर्न सकिन्न। तर तिद्री यसबाट अलग छ, यसलाई खान सकिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हाम्रो लागि दुईवटा मृत कुराहरु वैध (हलाल) गरिएका छन्, माछा र तिद्री।” (श्रोत- इब्ने माजा : ३०१८)
  5. ५) सर्प, अजिङ्गर र मुसाहरु- यी जीवहरुलाई खानु अवैध छ, बरु यसलाई मार्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पाँचवटा खतरनाक जनावरहरु छन्, जसलाई हरम (निषेधित क्षेत्र) भित्र र बाहिर जुनसुकै ठाउँमा मार्न सकिन्छ : सर्प, कालो काग, मुसा, बौलाहा कुकुर र गिद्ध।” (श्रोत- बुखारी : ३१३६, मुस्लिम : ११९८)
  6. ६) पाल्तु गधा- जसलाई मानिसहरु गाउँघरमा चढ्ने  र मालसामान ओसारपसार गर्नमा प्रयोग गर्छन्।

वैध जनावरका प्रकारहरु-

अल्लाहले जुन जनावरहरुलाई वैध (हलाल) गर्नु भएको छ, ती दुई प्रकारका छन्…

  • जङ्गली जनावरहरु- वनजङ्गलमा रहने जनावरहरु, जसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसलाई इस्लामि तरिकाले शिकार गरेपछि जायज हुन्छ।
  • घरपालुवा जनावरहरु- जसलाई समात्न सजिलो हुन्छ भने त्यसलाई इस्लामि तरिकाले जबह नगरुन्जेल खानु हुँदैन।

वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)-

इस्लामि विधि अनुसार जबह वा नहर गर्नु हो।

जबह गर्ने इस्लामि शर्तहरु…

  1. १) जबह गर्ने व्यक्ति मुस्लिम वा अहले-किताब (यहूदी वा ईसाइ) हुनुपर्दछ।
  2. २) जबह गर्ने हतियार धारिलो र उपयुक्त हुनुपर्छ, जसले जबह गर्दा रगत निस्कियोस्, जस्तै… छुरी। जनावरलाई थिचेर वा जनावरको टाउकोमा हनेर वा बिजुलीको करेन्ट लगाएर मार्नु अवैध छ।
  3. ३) जबह गर्ने (रेट्ने) बेला बिस्मिल्लाह भन्नु पर्छ।
  4. ४) जबह गर्ने बेला घाँटीका ठूलो नसाहरुलाई काट्नु पर्छ, खाने नली, हावाको नली, दुवै धमनीहरु इत्यादि।

उपर्युक्त शर्तहरूलाई ध्यानमा राखेर जबह गर्यो भने जनावर वैध (हलाल) हुन्छ, नत्र जनावर हलाल हुँदैन।

होटल र दोकानहरुमा पाइने मासुको आदेश…

  1. १) गैर-मुस्लिम र गैर अहले-किताबले जबह गरेको छ, जस्तै… हिन्दू, बौद्ध र नास्तिक। त्यो अवैध छ, खानु हुँदैन। त्यसैगरी जुन मुलुकहरुमा गैर-मुस्लिमहरुको बाहुल्यता छ, त्यहाँका होटल र मासु पसलहरुका मासु वैध (हलाल) प्रमाणित नहुन्जेल अवैध छ, त्यसलाई खानु हुँदैन।
  2. २) मुस्लिम वा अहले-किताबले वैधानिक तरिकाले जबह गरेको छ भने सर्व सम्मतिद्वारा वैध (हलाल) छ।
  3. ३) मुस्लिम वा अहले-किताबले अवैधानिक  तरिकाले जबह गरेको छ, जस्तै… बिजुलीको करेन्ट वा पानीमा मारेको छ भने त्यो पूर्ण रुपमा अवैध छ।
  4. ४) अहले-किताबले जबह गरेको छ, तर उसलाई जबह गर्ने तरिका थाहा छैन, त्यसैगरी उनीहरुको होटलमा पाउने मासु छ भने बिस्मिल्लाह भनेर खान सकिन्छ, तर वैध (हलाल) मासु भएको होटल खोज्नु नै बेस हो।