के इस्लामपछि नाम परिवर्तन गर्नु पर्छ?

इस्लामपछि नाम परिवर्तन गर्नु जरुरी छैन। पुरानो नामलाई निरन्तरता दिनु नै उचित हो, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्न चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाम नै बाँकी राखे। तर नामले गलत अर्थ बोकेको छ भने परिवर्तन गर्नु पर्छ।

यी अवस्थाहरुमा नाम परिवर्तन गर्नु पर्छ-

  1. १) यदि नामले ईमान विपरित कुराहरु वा अल्लाह बाहेक अरु कसैको उपासना गरिरहेको कुरा छर्लङ्ग हुन्छ भने परिवर्तन गर्नु पर्छ,

जस्तै… अब्दुल-मसीह (इशुको भक्त) अब्दुन्नबी (नबीको भक्त) वा गलत अर्थ बोकेको छ, जस्तै… विष्णु, राम, शंकर आदि।

वा अल्लाहको खास नाम वा गुणको संज्ञा दिएको छ,

जस्तै– सम्पूर्ण मालिकहरुका मालिक, दाताहरुका दाता, राजाहरूका राजा आदि।

  1. २) गलत अर्थ ओगटेका नामहरु, जसले गर्दा अरुले घृणा गर्छ ।

अल्लाहले खानपिन तथा जीवनको सम्पूर्ण पक्षमा घृणात्मक कुराहरुलाई अवैध गर्नु भएको छ। त्यसैले गलत अर्थ ओगटेका नामहरु राख्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “ईमानपछि सीमा उल्लंघनकारीमा नाम कमाउनु निकृष्ट नाम हो।” (श्रोत- सूरह अल्-हुजरात : ४९/११)

  1. ३) गैर-मुस्लिमहरुको कुनै धार्मिक पहिचान वा प्रतीकको रुपमा प्रसिद्ध नाम छ भने परिवर्तन गर्नु पर्छ,

जस्तै… पिटर्स, युहन्ना, पुलिस, दुर्गा, विष्णु, शंकर, पार्बती, शिव आदि।

उपर्युक्त अवस्थामा सन्देहपूर्ण नामहरुलाई राम्रो र सुन्दर नामले परिवर्तन गर्नु पर्छ, किनभने मुस्लिमले जीवनको कुनै पनि अवस्थामा काफिरको अनुसरण गर्नु हुँदैन।

नाम परिवर्तन गर्नु उत्तम हो-

अल्लाहले मन पराउने नामहरु, जस्तै… अब्दुल्लाह र अब्दुर्रहमान आदि। अल्लाहले यी नामहरुलाई धेरै मन पराउनु हुन्छ, तर इस्लाममा प्रवेशसित यसको कुनै सम्बन्ध छैन।    

  • स्मरण रहोस् ! बिना कारण पनि नाम परिवर्तन गर्न सकिन्छ, जस्तै… राम्रो अर्थ बोकेको अरबी नाम राख्नु।
के नामको अर्थ इस्लाम र आस्था विपरित छ ?
हो-
 यसलाई अनिवार्य रुपमा परिवर्तन गर्नु पर्छ।
होइन-
 के गैर-मुस्लिमहरुको कुनै धार्मिक पहिचान वा प्रतीकको रुपमा प्रसिद्ध नाम छ ?
हो-
 शंका निवारण र उनीहरुको समान हुनबाट जोगिनको लागि परिवर्तन गर्नु आवश्यक छ।
होइन-
गलत अर्थ भएको नाम त होइन, जसले गर्दा अरुले घृणा गर्छ ?
हो-
 राम्रो अर्थ लाग्ने सुन्दर इस्लामि नाम राख्नु मुस्तहब हो।
होइन-
होइन- यदि पुरानो नामले कुनै गलत अर्थ प्रकट हुँदैन भने त्यसलाई परिवर्तन गर्नु पर्दैन, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्ने चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाममा नै बाँकी रहे। बिना कारण पनि नाम परिवर्तन गर्न सकिन्छ,  जस्तै… अब्दुल्लाह र अब्दुर्रहमान,  राम्रो अर्थ बोकेको अरबी नाम राख्नु।

प्राकृतिक तरिकाहरु

प्राकृतिक तरिकाहरु के के हुन्?

प्राकृतिक तरिकाहरु (सुननुल-फित्रह) ती स्वभावहरू हुन्, जसमाथि अल्लाहले मानिसहरुलाई सृष्टि गर्नु भएको छ। यसले मुस्लिमहरुलाई राम्रो रुप, आकार, सौन्दर्य र पूर्णता प्रदान गर्दछ, किनकि इस्लामले सुन्दरता र रुपको रेखदेख पनि गर्छ । ताकि उसको बाहिर र भित्र दुवै पूर्ण होस्।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यी पाँच प्राकृतिक कुराहरू हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु।” (श्रोत- बुखारी : ५५५२, मुस्लिम : २७५) 

खतना गर्नु- लिङ्गको माथिल्लो भागमा रहेको अनावश्यक छालालाई काटेर फ्याल्नुलाई खतना गर्नु भनिन्छ। सामान्यतया जन्मेको केही दिनमा खतना गर्ने गरिन्छ।

खतना गर्नु अति उत्तम हो, किनभने यसमा धेरै स्वास्थ्यलाभहरु छन् तर यो इस्लाममा प्रवेश गर्ने कुनै शर्त होइन। यदि कोही व्यक्ति डरले वा कुनै कारणले खतना गर्दैन भने कुनै पाप लाग्दैन।

اगुप्ताङ्गका रौं खौरनु- गुप्ताङ्गहरुको वरपर रहेको रौंहरुलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु।

जुँगा छोटो पार्नु- जुँगा पाल्न सकिन्छ, तर लामो पार्नु हुँदैन, बरु यसलाई बेला-बेलामा छोटो पार्नु पर्दछ।

दाह्री पाल्नु- इस्लामले दाह्री पाल्न प्रेरित गर्छ। यो दुवै गाला र चिउँडोमा उम्रेको कपाल हो।

दाह्री पाल्नुको अर्थ- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्दै दाह्रीलाई आफ्नो रुपमा बाँकी राख्नु।

नङ्ग काट्नु- बेला-बेलामा नङ्ग काटी राख्नु पर्दछ, तसर्थ फोहोर-मैला जम्मा हुनको लागि लामो गर्नु हुँदैन।

काखीका रौं उखेल्नु- बेला-बेलामा काखीका रौंहरु उखेलेर वा कुनै अन्य तरिकाले सफा-सुग्घर गर्नु पर्छ, नत्र त्यहाँबाट दुर्गन्ध निस्कन्छ।