ठूलो अपवित्रता र स्नान-

स्नान गर्नु पर्ने कारणहरु-

यदि कुनै मुस्लिमले निम्न लिखित कुराहरुमध्ये केही गर्छ भने उसले अनिवार्य रुपमा नुहाउनु पर्छ। नुहाउनु भन्दा अगाडिको अवस्थालाई ठूलो अपवित्रता भनिन्छ।

यी कुराहरु यस प्रकार छन्-

  1. १) वीर्य स्खलन- सपना वा बिपनामा जुनसुकै तरिकाले वीर्य स्खलन हुनु। वीर्य- गाढा, बाक्लो, सेतो तरलपदार्थ जुन यौन सम्पर्कको बेलामा निस्कन्छ।
  2. २) सम्भोग- स्त्रीको योनीमा लिङ्ग पसाएपछि अनिवार्य रुपमा नुहाउनु पर्छ, चाहे वीर्य स्खलन होस् वा नहोस्। अल्लाहले भन्नु भएको छ… “यदि तिमी 'जुनुबी' (वीर्य स्खलन भएको अवस्थामा) छौ भने पवित्रता प्राप्त गर।” (श्रोत- अल्-माइदा : ५/६)
  3. ३) महिनावारी वा सुत्केरीको रगत निस्कनु-
    • महिनावारी- महिलाको पाठेघरबाट प्रत्येक महिनामा नियमित निस्कने रगतलाई महिनावारी (हैज) भनिन्छ। सात दिन वा महिलाको स्वभाव अनुसार कमिबेशी हुन सक्छ।
    • सुत्केरी- सुत्केरी भएको बेलामा महिलाको पाठेघरबाट केही दिनसम्म रगत निस्कन्छ।

महिनावारी तथा सुत्केरी भएको बेलामा महिलाहरुका लागि सलाह पढ्न र ब्रत बस्न दुवै माफ गरिएको छ। पवित्र भएपछि राख्न नसकेको ब्रतलाई कजा (पूरा) गर्नु पर्दछ, तर पढ्न नपाएको सलाहलाई कजा (पूरा) गर्नु पर्दैन। यो अवधिमा पुरुषले स्त्रीसँग यौनसम्बन्ध बाहेक सबै कुराहरु जस्तै… सँगै खानु, बस्नु र सुत्नु जायज छ। रगत समाप्त भएपछि अनिवार्य रुपमा नुहाउनु पर्छ।

अल्लाहले भन्नु भएको छ… “रजस्वलाको अवस्थामा स्त्रीहरुबाट अलग बस र पवित्र नहुन्जेलसम्म उनीहरुको नजिक नजाऊ। पवित्र भएपछि अल्लाहको आदेश अनुसार जाऊ।” (श्रोत- सूरह अल्-बकरह : २/२२२) पवित्र हुनुको अभिप्राय नुहाउनु हो।

सम्भोग वा ठूलो अपवित्रतापछि कसरी पवित्रता प्राप्त गर्नु पर्छ?

पवित्रताको नीयतले पूरै शरीरलाई पानीले भिजाउनु नै पर्याप्त हुन्छ।

  • तर पूर्ण तरिका के छ भने, पहिले फोहोरलाई सफा गर्नु, त्यसपछि सलाहको लागि झैं वजू गर्नु अनि बल्ल पूरै शरीरमा पानी हालेर राम्रोसँग नुहाउनु। यसो गर्दा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नतको अनुसरण हुन्छ र बढी पुण्य पनि प्राप्त हुन्छ।
  • यदि नुहाएर ठूलो पवित्रता प्राप्त गर्छ भने यो उसको वजूको लागि पनि पर्याप्त हुनेछ, स्नानको साथमा वजू गर्नु अनिवार्य छैन। तर विधिपूर्वक नुहाउनु नै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका हो।

मोजामाथि मसह गर्नु (घस्नु)- :

यो इस्लामको विशेषता हो। एउटा मुस्लिमले खुट्टा धुनुको साटो मोजा वा पूरै खुट्टालाई छोप्ने गरी लगाएको जुत्तामाथि मसह गर्न वैध गरेको छ, तर केही शर्तमा… वजू गरेर मोजा लगाएको हुनुपर्दछ र स्थानीयले २४ घन्टा र यात्रीले ७२ घन्टा सम्म। मसह गर्ने तरिका… हातलाई पानीमा भिजाएर खुट्टामाथि मात्र एक चोटि घस्नु।

ठूलो अपवित्रतापछि नुहाउदा जसरी भएपनि (मोजा फुकालेर) दुवै खुट्टालाई पानीले धुनु पर्छ।


पानीको प्रयोगबाट असमर्थ हुनु-

यदि एउटा मुस्लिम  विरामी हुने वा रोग बढ्ने डरले पानीको प्रयोगबाट असमर्थ छ वा पानी नभएको वा थोरै पानी जो खानपिनको लागि मात्र पर्याप्त छ भने यस्तो अवस्थामा माटोबाट तयम्मुम (पवित्रता प्राप्त) गर्नु जायज छ।

तयम्मुमको तरिका-

 (बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि घस्नुहोस् अनि अनुहार तथा दुवै हातमा नाडीसम्म मल्नुहोस्। वजू र स्नान दुवैको लागि एउटै तरिका हो।