तपाईंको पवित्रता

अल्लाहले भित्रि आत्मा र हृदयलाई शिर्क, इर्ष्या, घमण्ड जस्ता हृदय रोगबाट तथा शरीरको बाहिरी भागलाई फोहोर र मैलाबाट पवित्र पार्ने आदेश दिनुभएको छ । यसो गर्दा अल्लाहको प्रिय र असल भक्त बन्न सकिन्छ । अल्लाहले भन्नुभएको छ– “अल्लाहले धेरै तौबा (प्रायश्चित) गर्ने र सफा-सुग्घर रहने व्यक्तिहरूलाई मन पराउनु हुन्छ ।” (कुरआन : २/२२२)